क्रिकेट एसोसिएसन अफ नेपालसँग समन्वय गर्दै गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालको राष्ट्रिय क्रिकेट टिम र अल स्टार्स ह्युजटन तथा ह्युजटन हुरिकेनका बिच "एनआरएनए एनसीसी युएस कप-२०२२" को आयोजना गरेको छ। नेपाली राष्ट्रिय टोलीले अल स्टार्स ह्युजटनसंग जुन २, २०२२ तथा राष्ट्रिय क्रिकेट टिम र ह्युजटन हुरिकेनसंग जुन ४, २०२२ मा गरी दुई क्रिकेट म्याच आयोजना गरिएको थियो । अमेरिकामा ओमान र अमेरिकासँग त्रिपक्षीय
प्रतियोगिता खेल्न आएको नेपाली राष्ट्रिय क्रिकेट टोलीसँग उक्त प्रतियोगिताको आयोजना गरिएको थियो। नेपाली पहिलो खेलमा अल स्टार्स ह्युजटन विजयी भएको थियो भने दोस्रो खेलमा नेपाली राष्ट्रिय टिम विजयी भएको थियो। उक्त प्रतियोगिताले विश्व कपमा छनौट प्रतियोगिता खेल्न आएको नेपाली टोलीका लागि अभ्यास खेल समेत भएको थियो।
प्रतियोगिताको उद्घाटन अध्यक्ष बुद्दि सागर सुबेदी र उपाध्यक्ष तथा युवा,बिद्यार्थी र खेलकुद कमिटिका प्रमुख सुमन थापाले ह्युजटन स्थित क्रिकेट मैदानमा जुन २ तारिखमा गर्नु भएको थियो ।नेपाली खेलाडीहरुलाई प्रोत्साहन गर्न गैर आवासीय नेपाली संघ अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्ण जीबी पन्त, सचिब अनुप खनाल लगाएत एनआरएनए एनसीसी टेक्सास च्याप्टरका उपाध्यक्ष गंगा शर्मा , सचिव चण्डी भण्डारी, सह-सचिव राजन भट्टराई, बोर्ड सदस्य निश्चल चापागाई, एनएस्टि टेकसासका अध्यक्ष राजेन्द्र वाग्ले, मिडिया कोअर्डिनेटर पुण्य पाण्डे, खेलकुद संयोजक बिजय भुसाल ,एएनएका अध्यक्ष बिजय भट्टराई ,युवा कमिटिका संयोजक तथा एनएस्टि टेकसासका महसचिव संदेश उप्रेती, नेप्लिज एशोसियसन अफ ह्युजटनका अध्यक्ष बिष्णु नेपाल, नेजाका महासचिब सुरज भण्डारी, क्षेत्रिय संयोकक सुजन पण्डित , एएनएका प्रबक्ता सतिश त्रिपाठी, नेपलिज हेरिटेज युनियनका अध्यक्ष कर्ण बोगटी, आईएनएलएस अध्यक्ष बाशु पौडेल, सिएमएसका पूर्व अध्यक्ष उमापति भुसाल, गोरखा समाज मेरिल्याण्डका नवनिर्वाचित अध्यक्ष अपार श्रेष्ठ, साथी बाल्टिमोरका महासचिव बिश्व किरण थापा, एनआरएनए अमेरिका खेलकुद कमिटिका सह-संयोजक रमेश भट्ट, समाजसेवी बिजय झा ,एनएएचका पुर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि ह्युजटन क्रिकेट खेल मैदानमा पुग्नु भएको थियो । यस "एनआरएनए एनसीसी युएस कप-२०२२" लाई सफल पार्नको लागी एनआरएनए एनसीसी टेक्सास च्याप्टर, नेप्लिज एशोसियसन अफ ह्युजटन, नेपाल अमेरिका पत्रकार संघ, नेजा, युएस खबर, हिमाल खबर लगायत स्थानीय संघसंस्था तथा नेपाली समुदायको सहयोग रहेको थियो।
"एनआरएनए एनसीसी युएस कप-२०२२" को लागि गैर आवासीय नेपाली संघले नेपाली राष्ट्रिय क्रिकेट खेलाडीहरूको व्यवस्थापनको लागि अमेरिकामा रहेका दाताहरू बाट २०,०००.०० अमेरिकी डलर सङ्कलन गरी नेपाली अल स्टार्स लाई चेक हस्तान्तरण गरेको थियो र सङ्घको तर्फबाट सम्पूर्ण दाताहरूको नाम सचिव अनुप खनालले पढेर सुनाउँदै सम्पूर्ण दाताहरूलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।