मेरो
नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित हुनु अगाडि पनि पूर्व अध्यक्ष ज्यूहरूले कार्यालय भवन खरिदका लागि छलफल र प्रयास गर्नु भएको थियो । यसका लागि लामो समय देखि सकारात्मक प्रयास भइरहेको हो । यहाँहरूलाई स्मरण नै छ ,मैले नेतृत्वमा आउँदै गर्दा एनआरएनए अमेरिकाको कार्यालय भवन खरिदको काम टुङ्गोमा पुर्
याउने र झोलाबाट हैन कार्यालय भवनबाटै संस्था सञ्चालन गर्ने सार्वजनिक प्रतिबद्धता जाहेर गरेको थियो । तपाईहरु सबैको साथ सहयोग र मेहनतेबाट आज यो अभियान सफल भएको छ ।