नेपालका लागि पूर्व अमेरिकी राजदूत H.E. Scott H. DeLisi सहित अमेरिकामा रहेका ६ संस्थाका अध्यक्षहरुले संयुक्त हस्ताक्षर गरि नेपालमा हाल देखिएको कोभिड महामारीमा अमेरिकी सरकारको तर्फबाट तत्काल बिशेष सहयोग गरिदिन अनुरोध गर्दै US Department of State, Senate Foreign Relations Committee र Sub-Committee for South Asia सँग कुराकानी भइ औपचारिक पत्राचार गरिएको छ। नेपालका हरेक विपदमा सहयोगी बन्दै आएको अमेरिकी सरकारका यस मामिलामा सहयोग पुर्याउन सक्ने मन्त्रालय तथा सिनेट र क्षेत्रीय कमिटीका प्रमुखहरु संग पत्राचार गरिएको हो।
संलग्न संस्थाहरु:
1. Arati Maleku, Ph.D., (President, NR)
2. Avima Upreti, Esq. (President, NWGN)
3. Bhupesh Khadka, MD (President, ANMF)
4. Bijay R. Bhattarai (President, ANA)
5. H.E. Scott H. DeLisi (Executive Director, EN)
6. Suneel Sah (President, NRNA-USA)